Skip to content
Shikhar Insurance
National Life

चमत्कारिक खाता खोल्नेलाई २० लाख रुपयाँ बीमा रकम भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले जनही १०–१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

जसअनुसार बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको छ । श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

साथै बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकामा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएकोे छ । सुवेदीलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५ सय ५० जना भन्दा बढी ग्राहकले बीमा वापतको ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्