Shikhar Insurance
National Life

नेकपा (एकीकृत समाजवादी) मा एमालेका ५४ केन्द्रिय सदस्यको सनाखत

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल नेकपा (एकीकृत समाजवादी) मा नेकपा एमालेका ५४ केन्द्रिय सदस्य गएका छन् । बुधबार निर्वाचन आयोगमा भएको सनाखतमा ५४ केन्द्रिय सदस्य माधव नेपालको साथमा उभिएका हुन् ।

नेपालले एमालेका ५८ जना केन्द्रिय सदस्य सहित नयाँ दल दाबी गरेका थिए । जसमध्ये ३ जनाले हस्ताक्षर गरेका थिएनन् भने १ जना सनाखत हुने समयमा अनुपस्थित रहे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजनीतिक दलसम्बन्धि अध्यादेशले २० प्रतिशत केन्द्रिय सदस्य वा संसदीय दल सदस्यसहित दल विभाजन गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार एमालेको २ सय ३ केन्द्रिय सदस्यमध्ये ४१ सदस्य नयाँ दल निर्माणका लागि पर्याप्त रहन्छ ।

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यका आधारमा नयाँ दल दावी गरेको हो ।

माधव नेपालको पार्टीमा एमालेका ३४ सांसद छन् ।

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्