Shikhar Insurance
National Life

बागमति प्रदेशको मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा(एकिकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डे बामगति प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । अष्टलक्ष्मी शाक्यले केपी ओली नेतृत्वको एमाले रोज्ने घोषणा गरेसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । केहि दिन अघि मात्रै मुख्यमन्त्री नियुक्त भएकी शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

माधव नेपाल पक्षका एक जना प्रदेश सांसदले मात्रै मत नदिँदा शाक्यको पद गुम्छ । उनले आफु केपी ओली र माधव नेपाल दुबैको सहयोगले मुख्यमन्त्री बनेको तर पार्टी फुटाउने पक्षमा आफु नरहेको बताउन थालेकी छिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सत्ता गठबन्धनमा बागमति र प्रदेश १ को मुख्यमन्त्री माधव नेपालको पार्टीलाई दिने सहमति बनेको छ । शाक्यले माधव नेपालको पार्टी रोज्दा उनी मुख्यमन्त्रीमा कायमै रहन्छिन् । तर उनले ओलीको पार्टी रोज्ने भनेकाले अब उनलाई विश्वासको मत नदिएर पदमुक्त गर्ने तयारी गठबन्धनले गरेको छ । शाक्य पदमुक्त भएसँगै पाण्डेलाई मुख्य मन्त्री बनाइनेछ ।

प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाइँदैछ भने बागमति धादिङका पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाउँदैछन् । ‘अष्टलक्ष्मी कमरेडले ओलीको पार्टी रोजेपछि उहाँलाई विश्वासको मत दिएर जोगाउनुपर्ने कुनै कारण रहन्न, हामी उहाँको विकल्पका लागि तयारी अवस्थामा छौं’, श्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्