Skip to content
Shikhar Insurance
National Life

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।

कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई १० हजार उनले सहयोग गरेका हुन् ।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुगेर सहयोग गरेको उनका स्वकीयसचिव हेमन्त रेग्मीले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्