काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाललाई नयाँ पार्टी बनाउन सहयोग हुने गरी सरकारले अध्यादेश ल्याएको छ । नेकपा एमाले फुटाएर नयाँ दल बनाउने मिल्ने गरी दल विभाजनसम्बन्धि अध्यादेश आएको हो ।
मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश पास गरेको स्रोतले जनाएको छ ।
राष्ट्रपतिबाट स्वीकृत भएपछि अध्यादेश लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्