Skip to content
Shikhar Insurance
National Life

लय समाउँदै सिभिल बैंक, व्यवसाय विस्तार ५० प्रतिशत माथि, यस्ता छन् अरु सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा आक्रामक व्यवसाय विस्तार गरेको छ । पुछारतिरबाट अघि बढ्दै गरेको बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा आक्रमक रफ्तार समातेको देखिन्छ भने अन्य सूचकहरु पनि सुधारको बाटोमा अघि बढेका छन् ।

बैंकले गत आर्थिक वर्षमा २६ अर्ब ८६ करोडले व्यवसाय विस्तार गरेको छ । आव २०७६।७७ मा ५२ अर्ब २० करोड रुपैँया कर्जा लगानी गरेको बैंकले गत आव २०७७।७८मा ५१.४५ प्रतिशतले कर्जा विस्तार गरि ७९ अर्ब ६ करोड पुर्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निक्षेप तर्फ पनि बैंकको गति तिब्र देखिन्छ । आर्थिक वर्ष २०७६।७७ को अन्त्यमा ५२ अर्ब २० करोड रुपैँया निक्षेप संकलन गरेको बैंकले गत आवमा ३१ अर्ब १२ करोड रुपैँया अर्थात ५४.११ प्रतिशतले विस्तार गरि ८८ अर्ब ६३ करोड पुर्याएको देखिन्छ । बैंकले गत आवमा २ अर्ब २१ करोड रुपैँया खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।
५५ करोड रुपैँया खुद नाफा आर्जन गरेको बैंकको वितरण योग्य नाफा ४९ करोड रुपैँया छ । ८ अर्ब ६४ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाट ५.६७ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैँया छ ।

बैंकले आर्जन गरेको नाफामा १६ करोड रुपैँया भने सेयर कारोबारबाट प्राप्त भएको देखिन्छ । सिभिलको प्रति सेयर आम्दानी ६.४७ रुपैँया छ भने प्रति सेयर नेटवर्थ १२३.६७ रुपैँया रहेको छ । सिभिलको स्प्रेड दर २.५२ प्रतिशत छ भने आधार ब्याजदर ७.८३ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्