Shikhar Insurance
National Life

एसईई पास हुनुभयो ? इसेवाबाट यसरी छात्रवृत्ति पाउनुहोस्, ५ सय बढी लाभान्वित हुने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १९:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् ।

यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्याशंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृतिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृतिका लागि विद्यार्थीहरूले ३० भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्नेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्