Skip to content
Shikhar Insurance
National Life

१.७७ ट्रिलियन अमेरिकी डलरको व्यापार जोगाउन इयू अमेरिकासँग वार्ता गर्दै, चीनको प्रवेशले अमेरिकालाई डर

Hyundai
NCELL
NIMB

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (इयू) अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताएकी छिन् ।

उनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको उनिले बताइन् ।

भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा उक्त टिप्पणी गरेकी हुन् । सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उनिले इयू र संयुक्त राज्य अमेरिकाबीचको व्यापार १.५ ट्रिलियन युरो (१.७७ ट्रिलियन अमेरिकी डलर) रहेको बताइन् ।

“यो ठूलो काम हो,” यूरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा उनको भनाइ उद्धृत गर्दै लेखिएको छ । ‘सैद्धान्तिक रूपमा एउटा सम्झौता’ मा पुग्ने लक्ष्यमा जोड दिँदै भोन डेर लेयेनले भनिन्, “दुई पक्षबीच व्यापारको विशाल परिमाणको कारण यो छोटो समयसीमाभित्र विस्तृत सम्झौतालाई अन्तिम रूप दिन असम्भव हुनेछ।”

उनिले वार्ता असफल भएमा इयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि बताएकी छिन् । उनिले भनिन्, “हामी सँगसँगै चित्तबुझ्दो सम्झौता हुन नसक्ने सम्भावनाका लागि तयारी गरिरहेका छौँ भन्ने तपाईहरु सबैलाई थाहा छ । हामी वार्ताबाट समाधान चाहन्छौँ । ”

व्यापार र आर्थिक सुरक्षाका लागि युरोपेली आयुक्त मारोस सेफकोभिक हाल वासिङ्टन भ्रमणमा छन् भने उनले सम्झौता गर्ने प्रयासमा अमेरिकी व्यापार प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन् ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि दुवै पक्षलाई ‘छिटो र सरल सम्झौता’ गर्न आग्रह गर्दै यस्तो सम्झौता फार्मास्युटिकल्स, इन्जिनियरिङ र अटोमोटिभ म्यानुफ्याक्चरिंग लगायत प्रमुख क्षेत्रका लागि महत्वपूर्ण रहेकोमा जोड दिएका छन् ।

हाल संयुक्त राज्य अमेरिकाले इयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ । संयुक्त राज्य अमेरिकाले काठ, एयरोस्पेसका सामान तथा उपकरण, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र महत्वपूर्ण खनिजहरू समावेश गर्न कर विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

चीनको उपस्थितिले अमेरिकालाई डर

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै सबै देशहरुसँग व्यापार युद्धको घोषणा गरेका छन् । प्रत्येक देशले अमेरिकालाई फाइदा पुग्नेगरी मात्रै व्यापार सम्झौता गर्न तयार रहनुपर्ने राष्ट्रपति ट्रम्पको अडान छ ।

इयु र अमेरिकाबिच व्यापार युद्ध चर्केकै समयमा चिनियाँ विदेश मन्त्री वाङ यी युरोप भ्रमणमा छन् । चीनले अहिले इयु र अमेरिकाको सम्बन्ध बिग्रेको समयको फाइदा उठाउन खोजिरहेको छ ।

इयुको भ्रमणमा विदेशमन्त्री वाङ यीले चीनले कुनै पनि देशको अहित हुने काम नगर्ने बताएका छन् । तर इयुका नेताहरुले भने चीन इयुको सुरक्षामा नयाँ खतरा भएको टिप्पणी गरेका छन् । विशेषगरी, चीन रुसको असल व्यापारिक साझेदार भएको र रसियाले युक्रेनमाथी गरेको आक्रमणमा चिनियाँ प्रविधि प्रयोग भएको इयु नेताहरुले आरोप लगाएको छ ।

अमेरिकाले रुस युक्रेन युद्धमा पछिल्लो समय रुसलाई सहज हुनेगरी युक्रेनको हतियारहरु कटौति गरिरहेको छ । राष्ट्रपति ट्रम्पको रुसप्रतिको सदासहायता इयुका नेताहरुलाई चित्त बुझेको छैन ।

यसमाथि पनि व्यापार युद्ध सुरु भएपछि यसको लाभ चीनले लिन चाहान्छ । चीनले इयु र अमेरिकाको सम्बन्धलाई प्रयोग गर्दै आफ्नो रणनीति युरोपमा विस्तार गर्न चाहान्छ । यसका लागि चीनले आफ्ना प्रविधिमा युरोपियन व्यवसायीहरुलाई पनि हिस्सा उपलब्ध गराइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE