Skip to content
Shikhar Insurance
National Life

पुँजी बजारका ठूला लगानीकर्तामाथि अन्याय भयोः पौडेल

Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजारका ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिले ठूला लगानीकर्ता माथि अन्याय गरेको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अघि सारेको व्यवस्थाले पुँजी बजारका ठूला लगानीकर्तामाथि अन्याय गरेको बताएका हुन् ।

‘व्यक्तिगत कर्जालाई ४ करोड र १२ करोडको सिमाले पुँजी बजारका व्यक्तिगत लगानीकर्तालाई समस्यामा पार्यो, हामीले पुँजी बजारमा व्यक्तिगत लगानीकर्तालाई प्रमोट गरेका थियौं, संस्थागत लगानीकर्तालाई करदेखि कुरा थपिदिएका थियौं, अहिले व्यक्तिगत लगानीकर्तालाई पनि निरुत्साहित गरिदियौं, यो विरोधाभाषपूर्ण भयो, पुँजी बजारमा सानाको पहुँच बढाउने भन्दा ठूलालाई अप्ठेरो पार्न हुन्न’, पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब श्रीमान, श्रीमाति र छोराछोरीका नाममा पनि सेयर किनेर ऋण लिनुपर्ने अवस्था आउन सक्छ । ‘खाने मुखलाई जुँगाले छे्रक्दैन भने झै अब श्रीमति र छोराछोरीको नाममा पनि सेयर किन्नुपर्ने अवस्था आयो, हामीले सेयर बजारलाई पनि समावेशी बनाउन लाग्यौं’, नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका पौडेलले भने ।

यस्तो छ मौद्रिक नीतिमा सेयर सम्बन्धी नयाँ व्यवस्था
बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्