काठमाडौं । फुटबल क्लब लिभरपुलका स्टार फुटबलर डिएगो जोटाको निधन भएको छ । कार दुर्घटनामा जोटाको निधन भएको हो ।
पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट समेत फुटबल खेल्दै आएका जोटा उत्कृष्ट स्ट्राइकर हुन् ।
उनी अहिले बिदा मनाउन स्पेनको जामोरा पुगेका थिए । दुर्घटनामा उनका भाई आन्द्रे फिलिपको समेत मृत्यु भएको छ ।
उनी चढेको ल्यामबर्गिनी कारले अर्को कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनापछि कारमा आगो लागेको थियो । उनले सन् २०२५ मात्रै बिहे गरेका थिए । पहिलो एनिभर्सरी मनाउन नपाइ उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्