काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले इँटाभट्टामा काम गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठको उच्च शिक्षामा सघाउने भएका छन् । गुरुङले बिहिबार गोमालाई आफ्नै कार्यकक्षमा बोलाई एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले श्रेष्ठलाई प्रोत्साहनसहित एक थान ल्यापटप र एक लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरे । भाटभटेनीले भन्यो, ‘भाटभटेनीमा हामी सपना देख्न सक्ने हरेक युवाको साथ दिन विश्वास गर्छौं । उहाँको यो यात्रा अब सुरु भएको मात्र हो, र हामी गर्वका साथ साथमा छौँ।’
प्रतिक्रिया दिनुहोस्