Skip to content
Shikhar Insurance
National Life

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘बुधबार राति अन्दाजी करिब ८:३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११:२० बजे मृत्यु भएको हो ।’

ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिर प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको र शवको मुचुल्का गर्ने कार्य भइरहेको प्रवक्ता बोहराले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE