काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आजको चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७० रूपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्