Skip to content
Shikhar Insurance
National Life

डेटिङ एप र क्रिप्टो कारोबार गर्ने ६ चिनियाँ सहित ५२ जना पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । गैरकानुनी रुपमा डेटीङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५ जना चिनियाँ नागरिक सहित ५२ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले ललितपुरबाट असार १७ गते ५२ जनालाई पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं. ४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT. LTD दर्ता गरी गैर कानूनी रुपमा Call Center तथा METOO Dating App संचालन गरेको प्रहरीले बताएको छ ।

यस्तै, काठमाडौंको चागलमा एक घर भाडामा लिई संचालन गरि विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारि DATING APPS मार्फत ONLINE DATING SCAM तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।

ती व्यक्तिहरुबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकोहरुमा क्रिप्टो कारोबारमा संलग्न मुख्य ६ जना चिनियाँ नागरिकहरु उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE