काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता Midea ले नेपालमा आफ्नो नयाँ Blue Smile Series Microwave Oven को सार्वजनिक घोषणा गरेको छ। यो सिरिजमा प्रयोग गरिएको Inverter Quattro Technology ले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ। साथै, यसमा दिइएको 10 Years Warranty on Magnetron ले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार Blue Smile Series दुई भिन्न मोडेलहरूमा उपलब्ध छ, जसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ।
यसको डिजाइन स्मार्ट र स्टाइलिश छ, जुन नेपाली भान्सासँग सजिलै मेल खाने कम्पनीले जनाएको छ ।
प्रमुख विशेषताहरू:
- Inverter Quattro Technology – Even heating & energy efficiency
- 10 Years Warranty on Magnetron – Long-term reliability
- Smart, Modern Design – User-friendly & elegant
“Every Kitchen Deserves a Blue Smile”
यस नयाँ सिरिजसँगै सुरु गरिएको यो अभियानले हरेक नेपाली भान्सामा खुसी, सहजता, र स्मार्ट टेक्नोलोजी ल्याउने उद्देश्य बोकेको छ।
Midea एक अग्रणी विश्वव्यापी घरेलु उपकरण निर्माता हो, जसका उत्पादनहरू २०० भन्दा बढी देशहरूमा उपलब्ध छन्। Midea ले नवीन प्रविधिमार्फत उपभोक्ताको जीवनलाई अझ सहज बनाउने लक्ष्य लिएको छ।
CG Electronics नेपालमा उपभोग्य इलेक्ट्रोनिक्स व्यापारको एक प्रतिष्ठित कम्पनी हो, जसले Midea उत्पादनहरू नेपालको बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले विश्वस्तरीय सेवा र गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्तामा विश्वास निर्माण गर्दै आएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्