Skip to content
Shikhar Insurance
National Life

सभापति खतिवडा भन्छन्, ‘विधेयक बनाउने क्रममा सांसदहरुले बेइज्जती सहनुपरेको छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् । बुधबारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए ।

उनले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउँदै यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताए । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताउँदै आफू कसैको निगाहले राजनीतिमा नआएको जनाए ।

आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताउँदै भने, ‘हामीले कत्रो भनाइ, कठिनाइ खानुपरेको छ, बेइज्जती भोग्नुपरेको छ । हामी जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमा तुहाउने काम गर्नुहुन्छ । यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छौँ । छानविनपछि गल्ती भए रामहरि खतिवडा जस्तो सुकै सजाय भोग्न तयार छ । म मेरो गल्ती देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।’

‘समितिको रायबाट बाहेक राजीनामा दिएपछि र अन्य सरकारी बाहेक अरु केही थपेको छैन । म कसैको निगाहले राजनीतिमा आएको होइन । निर्वाचित भएरै आएको हुँ । एक पटक होइन, त्यो भन्दा बढी पनि भएको हौँला । मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दु:खै गरेर आएको हुँ । म क्यारेम्बोड खेलेको जस्तो यता देखाएर अर्कोतिर छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठासँग दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । थाहा छ तर ममाथि आक्रमण भएको छ । प्रहार भएको छ’ उनले भने ।

उनले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE