Skip to content
Shikhar Insurance
National Life

‘नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढे, होटलहरुको क्वालिटी बढाउनुपर्छ’ दीपकराज जोशी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरे । उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको उल्लेख गरे । पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याचअप गर्नुपर्छ । टेक्नोलोजीको एडप्ट बढाउनुपर्नेछ । केही होटलहरु आए पनि क्वालिटी बढाउनुपर्नेछ ।’

उनले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE