Skip to content
Shikhar Insurance
National Life

‘रारालाई लेक सिटीको रुपमा विकास गर्न सके कर्णालीको कायापलट हुन्छ’ सांसद जबरा

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन् । बुधबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव गरेका हुन् ।

उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे ।

उनले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताउँदै भने, ‘कति अपच्र्युनिटी छ । रारालाई हामीले एउटा लेक सिटी डेभलप गर्न डिपिआर त गरौँ । अनि न इन्भेष्टरहरु आउँछ । यस्ता लङ टर्मकुराहरु धेरै असर पर्ने कुराहरु त्यो लेक सिटी रारा भयो भने त कर्णालीको कायापलट हुन्छ । ट्राइ त गरौँ । यस्तो ठूलो भिजनरी कुराहरु गर्नुपर्छ । हामी टुरिजम फ्रेण्ड्ली हामी छैनौँ । भारतीय गाडी चढेर नेपाल आउनुस् त डाका आए जस्तो गर्दछन् । चोर्न आएको जस्तो गर्दछन् ।’

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउनसके अन्य देशहरुलाई हेर्न नपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE