एजेन्सी । दक्षिण कोरियाका शिर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको करिव नौ महिनापछि राजीनामा दिएका छन् । महाअभियोजक शिम वू–जुङले राजीनामा दिएका हुन् ।
उनको अवकाश समारोह बुधवार आयोजना गरिने बताइएको छ । जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएका राष्ट्रपति ली जे–म्युङले अभियोजन पक्षको अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिएर अभियोजन पक्षको शक्तिलाई विघटन गर्ने प्रतिवद्धता गरेका छन् ।
कानूनअनुसार अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्