काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाएका हुन् ।
बजेटमार्फत विकासको आधुनिक मोडलका साथ अगाडि नबढेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ छ । सांसद विष्टले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नभएको टिप्पणी गरे । उनले केही नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको समेत आरोप लगाए ।
उनले अर्थमन्त्रीलाई ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे । राजनीतिक पूर्वाग्रहीका आधारमा बजेट विनियोजन गरिएके समेत उनको आरोप छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्