काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ ।
यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।
यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको कारणमा भने इजरायले इरानको तेल उत्पादन केन्द्रमा आक्रमण गर्नु हो ।
विश्वकै चौथो धेरै तेल उत्पादन गर्ने इरानमाथीको आक्रमणबाट तेलको मूल्य वृद्धि सरु भएको हो ।
इरान र इजरायलले युद्ध विरामको सुरुआत गरेपनि एक अर्कालाई आक्रमण गर्न भने छाडेको छैन । यसले पेट्रोलियम पदार्थको मूल्य थप बढ्न सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्