Skip to content
Shikhar Insurance
National Life

महानिर्देशक गोकर्ण अवस्थीले छाडे धितोपत्र बोर्डका संचालक पद

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले धितोपत्र बोर्डका संचालक पद छाडेका छन् । २०८१ भदौ ४ गते बोर्ड सदस्यमा नियुक्त भएका अवस्थीले कार्य व्यस्तताको कारण देखाउँदै बोर्ड सदस्य छाडेका हुन् ।

यसअघि बोर्ड संचालकबाट महासंघका उपाध्यक्ष सुर कृष्ण वैध संचालक थिए । वैधपछि महासंघले अवस्थीलाई बोर्ड संचालकमा नियुक्त गरेको थियो । स्रोतका अनुसार संचालक अवस्थीले कार्य व्यस्तताका कारण संचालकबाट हट्न महासंघ नेतृत्व समक्ष आग्रह गरेका थिए ।

अब महासंघले अर्का व्यक्तिलाई बोर्ड संचालकमा पठाउनेछ । पछिल्लो समय धितोपत्र बोर्डको काम कारबाहि विवादित बन्दै गएको आरोप लागेको छ । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ एकपछि अर्को विवादमा तानिन थालेपछि बोर्ड संचालकहरु नै त्राहिमाम बन्न थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE