Skip to content
Shikhar Insurance
National Life

निजामती सेवा विधेयक बहुमतले पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाको आजको वैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ ।

यसअघि वैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली, प्रभु साहलगायत सांसदले उक्त विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गर्न सदनसमक्ष प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते अपराह्न १:०० बजे हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE