Skip to content
Shikhar Insurance
National Life

स्काइवाक काठमाडौं तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

Hyundai
NCELL
NIMB

काठमाडौं। कमलादीमा रहेको स्काइवाक काठमाडौं तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ । वार्षिकउत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरुकै फोटोसहितको कप निस्शुल्क उपहार दिइने स्काइवाक काठमाडौँका अध्यक्ष तेज बहादुर सिंहले जानकारी दिएका हुन्  ।

छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए । १३ रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।

टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भूँइ) मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक बिष्णुहरि पाण्डेले बताए । स्काइवाकमा प्रती बर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ ।

टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ । स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौँका एतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो ।

ँयो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौंको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौं सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो”, प्रबन्ध निर्देशक पाण्डेले भने । कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE