काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पाीले असार २२ गतेदेखि पहिलो चरणमको लागि आइपीओ निष्कासन गर्ने लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आइपीहो निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियाे । प्रथम चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५० हजार ४ सय ७१ कित्ता आइपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
आयोजना प्रभावितका लागि छुट्याइएको आइपीओेमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानी बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति असार ४ गते रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन प्राप्त नभएमा असार १९ गतेसम्म लम्बिन सक्नेछ तर वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदन दिँदा ग्लोबल आइएमई बैंकको चैनपु्र शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट दिन सकिनेछ।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय र मेरो सेयर प्रयोग गरी आवेदन दिन सकिनेछ।
प्रतिक्रिया दिनुहोस्