काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १९ गते रानी महल ब्याङ्न्क्वेट, ज्ञनेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।
सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ९० करोडको आधारमा शत प्रतिशत हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्नेछ ।
सभामा संस्थापक समुहबाट रिक्त रहेको १ जना सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ ।
साथै, सभामा हकप्रद सेयर जारी गर्ने कार्य गर्दा नियमनकारी निकाय बाट सोसँग सम्बन्धित कुनै फेरवदल, सुझाव वा निर्देशन दिएमा सोहीअनुरुप गर्न गराउन सञ्चालक समितिलाइै पुर्ण रुपान अख्तियारी दिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएकँे छ ।
प्रतिक्रिया दिनुहोस्