काठमाडौं । राजस्व अनुसन्धान विभागमा महानिर्देशक चण्डीप्रसाद घिमिरेको उमेर हदका कारण जागिर खाने समय सकिएको छ ।
असार १५ गते अन्तिम दिन भएपनि उनी २ अगावै राजिनामा दिएर सेवानिवृत्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भदौ ७ गते घिमिरेलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।
उनको १० महिने कार्यकाल विवादै विवादले घेरियो । नेपाल प्रहरीले २५ करोड अवैध मुद्रा समातेर अनुसन्धान गर्न दिएकोमा विभागले निक्कै फितलो मात्रै अनुसन्धान गर्न सक्यो ।
घिमिरेकै समयमा सरकारले १ वर्षभित्र राजस्व अनुन्धान विभाग नै खारेज गर्ने निर्णय गरेको छ । यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ खारेज गर्ने उनकै पालामा भयो । उनी महानिर्देशक बनेपछि अधिकांस समय व्यवसायीहरुलाई धम्याउने थुन्ने मात्रै काम भएको व्यवसायीहरुको आरोप छ ।
अर्बौ करछलिमा परेको नेपालमा विद्युतिय गाडी बिक्री गर्ने साइमेक्स इंक प्रालीको अनुसन्धान १० महिना रोकेर राखे । विद्युतिय गाडीमा भएको कर छलिमा छापा मारेर अनुसन्धान अघ नबढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी समेत दर्ता भएको छ ।
स्रोतका अनुसार उनी सेवा निवृत्त भएपछि अतियारको आयुक्त बन्ने भन्दै लबिङ अघि बढाएका छन् ।
यस्ता छन् घिमिरेका विवादित काम
‘२० कुन्टल तोरी छुटाउन राजस्व अनुसन्धान विभागलाई ३० लाख रुपैयाँ घुस’
‘राजस्व अनुसन्धान विभागले प्रधानमन्त्रीको नाम लिएर करोडौं पैसा उठाइरहेको छ’-राजेन्द्र लिङदेन
भ्रष्टाचार आरोपमा महानिर्देशकहरु महेश भट्टराई, चण्डी घिमिरे सहित १३ जना विरुद्ध अख्तियारमा उजुरी
इतिहासकै कमजोर महानिर्देशक बने चण्डी घिमिरे, जसको कार्यशैलीले विभाग नै खारेजीमा पर्यो
प्रतिक्रिया दिनुहोस्