Skip to content
Shikhar Insurance
National Life

लगनखेलमा यामाहा ‘ब्लू फेस्ट २०८२’ सुरु, असार १७ सम्म चल्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । असार १२ गतेदेखि नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ लगनखेल बसपार्कमाएक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए । असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् : जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने ।

यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार को मूल्यांकन र अन्य ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन (कर चुक्ता अनिवार्य) गनुपर्न कम्पनीले जानकारी दिएको छ । त्यस्तै, एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस र ६ हजारसम्मको नगद छुट रहेको छ ।

फ्रीएक्सेसरिजहरू र नि:शुल्कआर्थिक वर्ष ०८२र८३को सडक करभुक्तान र सागै, ७.९९ प्रतिशत ब्याजदरमा वित्तपोषण, ग्यारेन्टर आवश्यकन पर्ने सुविधा चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE