काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ करोड रुपैयाँको बजेट पास गरेको छ ।
देशभर सञ्जाल रहेको महासंघले सो बराबरको बजेट पास गरेको हो ।
महासंघको १२ औं कार्यकारिणी बैठक अहिले चन्द्रागिरी हिल्स रिसोर्टमा बसिरहेको छ । बैठकमा अध्यक्ष चन्द्र प्रसाद ढकालले ४ वटा विषयसूचि राखेका छन् ।
पहिलो अध्यक्ष ढकालले १२ कार्यकारिणी बैठकलाई सम्बोधान गर्ने, दोस्रो आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण पेश गर्ने, तेस्रो महासंघको आव २०८२/०८३ को बजेट र चौथो विविध रहेको छ ।
बैठकले तीन जना कार्यासमिति सदस्य समेत मनोनित गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले बताए ।
ती सदस्यका अनुसार कमल कुमार श्रेष्ठ, राज कुमार न्यौपाने र सरस्वति राईलाई केन्द्रिय सदस्यामा मनोनित गरेको हो । बैठकमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरी प्रस्तुत गरेका छन् ।
बैठकमा करिब ६५ जना कार्यसमिति र केन्द्रिय सदस्यहरु सहभागी छन् । महासंघ सदस्यहरुबाट सदस्यता नविकरण शुल्कबाट सबैभन्दा धेरै आम्दानी हुने गरेको छ ।
देशभर रहेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि महासंघले काम गर्दै आएको छ । महासंघको बैठक भोली (असार१४ गते) सम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्