काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार (आज) सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसरा शुब्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्