काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को जेठमसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले असार १२ गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल ३९ अर्ब ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको जेठमसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
११ महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सो अवधिमा ३ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ कमाएको छ ।
एनएलजी इन्स्योरेन्सले जेठ मसान्तसम्ममा २ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ कमाएको छ ।
जेठमसान्तसम्ममा युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले ११ महिनामा २ अर्ब ३६ करोड ३ लाख रुपैयाँ आर्जन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४२ रुपैयाँ आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्ममा १ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सको ९७ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क गरेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ३१ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्