Skip to content
Shikhar Insurance
National Life

‘सरकारले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरामा अभ्यास गरिरहेको छ’ महानिर्देशक तिवारी

Hyundai
NCELL
NIMB

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्त्व बढ्दै गएको बताएका छन् । ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै केही समय यता पुन: एकीकृत कृषि प्रणालीको महत्त्व बढ्न थालेको बताए । उनले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने रु भन्ने कुरा महत्त्वपूर्ण रहेको पनि बताए ।

उनले भने, ‘एकीकृत कृषि प्रणालीको महत्त्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्त्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’

उनले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्त्वपूर्ण क्षेत्र बनेको बताउँदै कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE