Skip to content
Shikhar Insurance
National Life

छ्याङ्दी हाइड्रोपावरकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थप

Hyundai
NCELL
NIMB

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ। यसअघि आज निष्कासन बन्द गर्ने निर्णय गरेपनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर १:१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्ने एक सूचनामर्फत कम्पनीले जानकारी दिएको छ । उक्त सेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछन् ।

साथै, कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE