Skip to content
Shikhar Insurance
National Life

चोरी पैठारी अभियोगमा ४ जना विरुद्ध राजस्व अनुसन्धान विभागद्धारा मुद्दा दायर

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालयमार्फत भन्सार चोरी पैठारी अभियोगमा ४ जना विरुद्ध तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट सम्बन्धी ‍कसूरमा अनुसन्धान सम्पन्न गरी नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित ४ जना विरुद्ध ३ करोड ४७ लाख ६२ भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको भन्दै उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।

जिल्ला नवलपरासी (बसुप), रामग्राम नगरपालिका, वडा नं (०८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूअकरमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको छ ।

निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (संस) को दफा ३ विपरित र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले निज प्रतिवादि सौरभ यादवको हकमा मुअ कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो ३ करोड ४७ लाख ६२ हजार ७ सय ५३ रुपैयाँ २३ पैसा कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३ (१) (ख) बमोजिम हदैसम्मको कैद सजाय हुन र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको ११ लाख ७१ हजार ५ सय बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी दफा ४ को खण्ड (क), (ख), (च), (छ) र (झ) समेतको कसूरमा ऐ ऐनको दफा २३ (१) बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१) (क) बमोजिम हदै सम्मको कैद सजाय हुन सक्नेछ ।

त्यस्तै, प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (३) को कसूरमा सोही दफा २३ (३) बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३ (३) को कसूरमा सोही दफा ३३ (३) बमोजिम नै जरिवाना हुन मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE