Shikhar Insurance
National Life

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १९:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक नेपालबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन् ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्