काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताउँदै विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताए । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्त्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताए ।
अध्यक्ष दाहालले भने, ‘हामी समितिमा बस्छौँ, छलफल गर्छौं, माननीय सदस्यहरुले अध्ययन गरेर विचार गरेर, चिन्तन मनन गरेर पारित पनि गर्दछौँ । कोही सर्वसम्मतले कोही भोटिङबाट भएपनि पारित गर्दछौँ । तर हामीले पारित गरेका प्रश्तावहरु विधेयकहरु पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरु हुने गरेका छन् । त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरु हुने गरेको छ । अहिले पनि म असाध्यै बढी चिन्ता लागेको छ । देशको राजनीतिक परिस्थितिलाई हेरेर केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरु जो हामीले धेरै मेहनत गरेर सदनबाट समिति मा आयो, समितिबाट पारित गरेर सदनमा पुगेर कार्यसूचिमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बढो चिन्ता भएको छ ।’
अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्त्वपूर्ण विधेयकहरु छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्