Skip to content
Shikhar Insurance
National Life

‘भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र हो’ पूर्वअर्थमन्त्री पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको बताए । उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए ।

उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताउँदै नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे ।

उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिदैँ पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ । धेरै धनीहरु त यहाँ आउँदैनन् । तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन् । उनीहरुमै धेरै जनसंख्या छ । ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ । तर हामीसँग इन्फास्ट्रक्चर छैन । १० देखि १५ वर्ष लगातार ५० लाख भारत र ५० लाख चीनबाट पर्यटक आउने स्थिति बन्यो भने नेपालको अर्थतन्त्र के हुन्छ ? त्यो सम्भव छ । तर हामी ठूला कुरा मात्रै गरिरहेका छौँ । अबको हाम्रो दाबी पर्यटन, त्यसमा पनि छिमेकको पर्यटनमा हुनुपर्छ । अर्को कृषि नै हो ।’

पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE