Skip to content
Shikhar Insurance
National Life

कमजोर बन्दै ओली सरकार, उपेन्द्र यादवको पार्टी जसपाले समर्थन फिर्ता लिने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वकोसरकारलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समर्थन फिर्ता लिने संकेत गरेको छ । जसपाको असार ७ र असार ८ गते बसेको कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थनबारे पुन: विचार गर्न संसदिय दललाई निर्देशन दिएको हो ।

निर्णयको ४ नम्बर बुँदामा भनिएको छ, ‘के.पी. ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियंत्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्धारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन वारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ।’

ओली सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभुति दिन नसकेको भन्दै पार्टीले समर्थन फिर्ता लिन निर्देश दिएको हो ।

जसपाको बैठक उपेन्द्र यादवको अध्यक्षतामा ०८२ असार ७ र ८ गते पार्टी केन्द्रिय कार्यालय बालकुमारी, ललितपुरमा सम्पन्न भएको थियो । ओली नेतृत्वको सरकार ढलाउन नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलहरुले निरन्तर प्रयास गरिरहेका छन् । तर सफल भने बन्न सकेका छैनन् ।

यस्ता छन् बैंठकका निर्णयहरु

१. ०८२ भाद्र २५, २६ र २७ गते आयोजित पार्टी प्रदेश अधिवेशनका लागी जसपा नेपाल, प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका २०८२ सर्वसम्मतिले पारित गरी जारी गर्ने निर्णय गरियो ।

२. २०८२ असार २८ गते हुने दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (DOTIM) को राष्ट्रिय भेला एवं अन्तरक्रिया कार्यक्रममा पार्टीको तर्फबाट सहयोग र समन्वयका लागि पार्टी उपाध्यक्ष श्री विधुत बज्राचार्यको संयोजकत्वमा मा. रेखा यादव, श्री राजकुमार राई, श्री लाक्पा शेर्पा, श्री तारा बिश्वकर्मा, मा. खालिद सिद्दिकी र श्री पेशल ढकाल सम्मिलित कार्यदल गठन गरिएको छ ।

३. सप्तरी को राजविराज नगर पालिकामा हाल घटेका अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरियो ।

४. के.पी. ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियंत्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्धारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन वारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ ।

५. विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरी पार्टीमा क्रियाशील रहनु भएका पार्टी सदस्यहरू मध्ये श्री शशि कपुर मियां पर्सा, श्री करिमा वेगम पर्सा, श्री सुधिर नाथ पांडे पर्सा, श्री कैलास गुरुङ – रूपन्देही र श्री निलम यादव रूपन्देही लाई पार्टी केन्द्रीय समितीमा मनोनयन गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्