Skip to content
Shikhar Insurance
National Life

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८.९४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको असनर ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई कुल १०.९४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ६७ रुपैयाँको आधारमा १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९४ प्रतिशत लाभांश गरी कुल १८.९४ प्रतिशत दिने निर्णय गरेको छ । लाभांश स्वीकृतको लागि नियमक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

साथै, बीमा प्रधिकरणबाट स्वीकृती भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएप्रश्चात वितरण गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्