Skip to content
Shikhar Insurance
National Life

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्याे असार ३० गते सभा , बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३१औं वार्षिक साधारण सभा असार ३० गते सोमबार बोलाएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सभा अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालिमा बिहाज १० बजे आव्हान गरेको हो ।

सभामा कम्पनीको हालकायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको आधारण १० प्रतिशत बोनस सेयर र कर प्रयोजको लागि ०.५२ प्रतिशत नगद लाभांश विवरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस सेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गर्नेछ ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै सभामा भाग लिन र सो सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्