काठमाडौं । नबिल बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ‘नबिल दिगो बचत खाता’ योजना ल्याएको छ । बैंकले कार्बन उत्सर्जनलाई न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले यो योजना सुरु गरेको हो ।
यस योजनाअन्तर्गत कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन घटाउन र नियन्त्रणका लागि छुट्याइएको बैंकले जनाएको छ । यो खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ जम्मा गर्नु पर्ने बैंकले जनाएको छ ।
यो बचत खाता सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको बैंकले जानकारी दिएको छ । साथै, न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ नि:शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष नि: शुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । साथै, यस योेजना अन्तर्गत ५० हजार रुपैयाँको न्यूनतम औसत अर्धवार्षिक मौज्दात कायम राख्ने ग्राहकको नाममा एक पटकको सम्झनास्वरूप रूख रोपिने बैंकले जनाएको छ ।
नबिल बैंकले २० वटा बचत खाता संचालनामा ल्याएको छ । नबिल जनरल सेभिङ एकाउण्ट, नबिल प्रिमियम बचत खाता, नबिल कर्पोरेट स्टाफ सेभिङ एकाउण्ट, नबिल जष्ठ बबचत खाता, नबिल बाल बचत खाता संचालनमा छन् ।
यस्तै, नबिल कर्मशिल, नबिल सोसियल सेक्युरिटी, नबिल जेन एन, नबिल सहुलियत, कर्पोरेट जनरल, नबिल जेन अल्फा, नबिल दिगो, खाता संचालनमा छन् । यी सेभिङ एकाउण्टमा ३ प्रतिशत ब्याजदर प्राप्त गर्न कसिने बैंकले जनाएको छ । यसैगरी, नबिल सेयर होल्डर र नबिल प्रिमियम पेरोल सेभिङ एकाउण्टमा ३.५ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।
कर्पोरेट प्रिमियम सेभिङमा ४ प्रतिशत ब्याज तोकेको छ । नबिल गोल्ड सेभिङ, कर्पोरेट सुपर, नबिल गोल्ड पेरोल नबिल दुख सेभिङमा ५ प्रतिशत ब्याज प्राप्त हुनेछ । नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउण्टमा ६ प्रतिशत ब्याज प्राप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्