काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विद्युतिय शवदाह मेसिन खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
कोषमा कार्यरत १४ जना विरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो ।
आयोगले १४ जना विरुद्ध १० करोड ३३ लाख ९१ हजार बिगो जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका सदस्य सचिव डा। मिलन कुमार थापा, पशपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका तत्कालीन निमित्त सदस्यसचिव राजु कुमार खत्री, पशुपति क्षेत्र विकास कोष, देवपत्तन, काठमाडौंका तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका तत्कालीन नि। उप(निर्देशक हालका उप(निर्देशक रेवती रमण अधिकारी, पशुपति क्षेत्र विकास कोष, काठमाडौंका तत्कालीन नि। उप(निर्देशक सिताराम रिसेल, पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका इन्जिनियर पशुपति ठाकुर, पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका इन्जिनियर डेनिस उप्रेती, पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका इन्जिनियर रमेश पुरी, पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौंका लेखा अधिकृत चन्द्र प्रसाद खनाल, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, इलेक्ट्रिकल विभाग प्रमुख, उप(प्राध्यापक युवराज अधिकारी, पशुपति क्षेत्र विकास कोष, देवपत्तन, काठमाडौंका कानुनी सल्लाहकार तथा मुल्याङकन समिति सदस्य लैन बहादुर थापा, Map Entrepreneurs Pvt. Ltdकाठमाडौं तथा संचालक मनोज पुरी र यदुनन्दन भट्टराई, Map Entrepreneurs Pvt. Ltd सो का प्रबन्ध निर्देशक सुरज चापागाईं रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्