Skip to content
Shikhar Insurance
National Life

मन्जुश्री फाइनान्सले ल्यायाे ‘Insta Fund Transfer’ मार्फत नि: शुल्क अन्तरबैंक रकमान्तरको सुविधा

Hyundai
NCELL
NIMB

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले Insta Fund Transfer मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ ।

यो सुबिधा मन्जुश्रीको Mobile Banking App को मन्जुश्री स्मार्ट अन्तर्गत Insta Fund Transfer भुक्तानी विकल्पबाट, NPS मा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन् । ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो app मार्फत ग्राहकको माझ ल्याएको संस्थाले जनाएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE