काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएकोे छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्