काठमाडौं । नेपाली काँग्रेसका सांसद डा सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्साएका हुन् ।
उनले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गरे । उनले कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गरे । उनले नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गरे ।
नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? प्रश्न गर्दै उनले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गरे । उनले अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न तेर्साउँदै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गरे ।
उनले भने, ‘५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेसको, तराइको, पहाडको ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? तपाईँहरूलाई अलिकति दया लाग्दैन ? त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? म तपाईँहरूलाई भन्न चाहन्छु, नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईँहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको ? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो रु त्यसो भए गठबन्धनको आवश्यकता किन ? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले भयो त ? तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ रु यो मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई ।’
उनले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्