Shikhar Insurance
National Life

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्यो, ३० हजारले १० कित्ता पाउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीको आईपीओमा आज अर्थात साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिन्छ ।

मानुषीले कुल जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो ।
कुल निष्काशनको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैँया पुग्नेछ ।

आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ। मानुषीको आईपीओ बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्