काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ मा पुगेको हो ।
आइतबार ३ सय १० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५ सय १० रुपैयाँ बराबर संकलन भएको छ ।
आइतबार दोर्दी खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७५ करोड ७३ लाख ९७ हजार ३ सय ७१ रुपैयाँको कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता मूल्य ३ सय ५९.९० रुपैयाँ रहेको छ ।
आइतबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, अइतबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्