Skip to content
Shikhar Insurance
National Life

‘महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण’ प्रमुख सचेतक पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले यस्तो बताएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण मात्र नभएर रणनीतिक रुपमा बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयलाई नसमेटेको उनको टिप्पणी छ । उनले बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बजेटमा उनीहरूको शिक्षा, संस्कार र सीपमा केन्द्रित कार्यक्रमको अभाव रहेको बताए ।

उनले भने, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित छ, पक्षपातपूर्ण छ । यसले रणनीतिक रुपमा हाम्रो बालबालिकाहरुलाई र ज्येष्ठ नागरिकलाई समेट्नुपर्ने विषयवस्तुहरुलाई गम्भिर ढंगले यो विनियोजनले समेटेको छैन । बालबालिकाहरु यो देशका कर्णधारहरु हुन् । हामीले हाम्रा बालबालिकाहरुलाई कसरी शिक्षा दिन्छौँ ? कुन संस्कार र सीप सिकाउँछौँ ? त्यसका आधारमा नै हाम्रो भावि देश अगाडि बढ्ने हो । त्यसैले बालबालिका र सदियौँदेखि पछि पारिएका महिलाहरुसँग सम्बन्धीत छ । हाम्रा केही सामन्ति संस्कारहरुले महिलाहरुलाई पछाडि पारेका छन् । यससँग सम्बन्धीत मन्त्रालयको विनियोजन सन्तुलित पनि छैन । यसmे रणनीतिक उद्देश्यहरु पूरा गरेर केही कार्यक्रमहरु ल्याएको पनि छैन ।’

महिला वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय नगरेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE