काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन (शुक्रबार) प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्