काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ मा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख बराबरको बस्तु तथा सेवा आयात भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १३.१५ प्रतिशत आयातमा वृद्धि भएको हो । गत वर्ष यो अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात भएको थियो । यो अवधिमा निर्यातमा भने भारी वृद्धि भएको छ । चालु वर्ष २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको निर्यात भएको छ । यो अघिल्लो वउषको तुलनामा ७७.७७ प्रतिशतले बढि हो ।
भारतले पाम, भटमास, सोयाविन तेलको भन्सार मूल्य वृद्धि गरेसँगै नेपालबाट निर्यातमा वृद्धि भैरहेको छ । नेपाली व्यापारीहरुले तेस्रो देशबाट तेल ल्याएर भन्सार अन्तरको फाइदा लिदैं धमाधम भारतलाई तेल बिक्री गरिहरेका छन् ।
यो अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड पुगेको छ । पोहोरको तुलनामा व्यापार घाटा ६.३० प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्